भक्तपुरमा बसले ठक्कर दिँदा १ जनाको मृत्यु, दुई घाइते

भक्तपुर – भक्तपुरको कमलविनायकमा भयानक दुर्घटना भएको छ । मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।…