एएफसी एसिया कप छनौटः नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं– आगामी सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको हो।   पहिलो हाफको २६ औं मिनेटमा ताजकिस्तानका डिजालिलोभ मेनुचेरले गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको चार मिनेटपछि नै भ्यासिद…