बनेपा– काभ्रेपलाञ्चोकको बनेपामा मृत फेला परेका एकै परिवारका चार जनाको हत्या नभइ आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा चार जनाको शव फेला परेको थियो। तर, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको जानकारी दिए। यद्यपी, विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने उनले बताए।…