उपसभामुखलाई जानकारी दिएर महरालाई पक्रने प्रहरीको तयारी

काठमाडौं - अदालतबाट पक्राउ पुर्जी जारी भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउको प्रक्रिया थालेको छ। प्रहरीको अनुरोधमा महराविरुद्ध जबजस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई न्यायीक हिरासतमा लिने प्रक्रिया शुरु भएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।…