सामाजिक - सुरक्षा भत्तामा अनियमितता र गलत विवरण पेस गरेर भत्ता लिने क्रम बढेको भन्दै सरकारले त्यसमा कडाइ गरेको छ । स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्ने एवम स्थानीय तहबाट ज्यूँदै व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र निकालेर भत्ता बुझ्ने गरेको पाइएपछि सरकारले कडाइ गरेको हो । भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेका कारण सेवाग्राहीको संख्या कमी आएको…