उपराष्ट्रपति पुनकाे आह्वान: भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौं

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न आह्वान गरेका छन्। ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चारमाध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराए । संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपालः सुःखी नेपाली’ को राष्ट्रिय…