रौतहट – रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । पटक-पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो । जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर…