प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण भ्रमण

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार काठमाण्डुको नारायणहिटीस्थित श्री उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका छन् । यससँगै प्रधानसेनापति सिग्देलले विभिन्न चरणमा निर्वाचनका लागि सबै पृतनाहरूको तयारी सम्बन्धी स्थलगत निरीक्षण पूरा गरेर…