धरौटी बुझाएर रिहा भए घरजग्गा व्यवसायी सुधीर बस्नेत

काठमाडौं– घरजग्गा व्यवसायी सुधीर बस्नेत अदालतमा धरौटी बुझाएर रिहा भएका छन्। ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका बस्नेतले धरौटी बुझाएपछि भक्तपुर जिल्ला अदालतले रिहा गरेको हो। भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा ७ लाख, गंगालाल खयरगोलीको…