समुद्री आँधी फानी : ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले

एजेन्सी - शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको थियो। फनी पूर्वोत्तर दिशातिर बढ्दै गर्दा नेपालमा पनि यसको आंशिक प्रभाव देखिएकोे छ। भारतको मौसम विभागका…