काठमाडौं – कोरोना भाइरसका कारण लोकसेवा आयोगले २०७७ वैशाख १ देखि सञ्चालन हुने लिखित र अन्तवार्ता लगायतका सबै कार्यक्रम स्थगित गरेको छ । परिस्थिति सहज भएपछि स्थगन भएका कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरिने आयोगका सूचना अधिकृत देवीप्रसाद सुवेदीले बताएका छन् । कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै २०७६ को चैत मसान्तसम्म हुने…