उर्जामन्त्री भन्छन् ‘सार्क मुलुकमा मात्रै होइन, अन्य देशमा पनि बजार खोजिरहेका छौ’

काठमाडौं-  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आर्थिक रुपान्तरणका लागि नेपालको उर्जा क्षेत्र महत्वपूर्ण भएको बताएका छन् ।  शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै मन्त्री पुनले उर्जा क्षेत्रको विकासले मात्र समृद्ध नेपाल र  सुखी नेपालीको नारा पूरा गर्न मद्दत मिल्ने उल्लेख गरे । उनले आगामी पांच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युतको पहुंच…