काठमाण्डु– नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ । बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ । एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति…