काठमाण्डु - उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ। मङ्गलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी-सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ,…