काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको बताएका छन् । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गदै शर्माले आफू समितिको सभापति बन्न इच्छुक नरहेको बताएका हुन् । उनले भने, ‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्याउन मात्रै बन्दिनँ थिए…