काठमाण्डु - तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरा-त्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जोड्ने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिकाको त्रिवेणी (चतरा)बाट सुरु भई पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको अम्बरपुर-१० मा टुङ्गिन्छ । यसको कुल लम्बाइ करिब १४५ किमि रहेको छ ।…