चाइना फाउण्डेसनद्वारा दक्षिणकाली नगरपालिकामा ह्याण्ड वास स्टेसन सञ्चालन

काठमाडौं- चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र गुडविल फाउण्डेसनको सहयोगमा दक्षिणकाली नगरपालिकाले कोभिड-१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ । आज नगरपालिकाका मेयर, उपमेयर लगायत विभिन्न वडाका प्रतिनिधिको उपस्थितिमा फाउण्डेसनले ह्याण्ड वास स्टेसनको सामग्री हस्तान्तरण गरेको हो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले नगरपालिकाका लागि यो विपद्को समयमा आउने सानाठूला…