कुनै जिम्मेवारी नहुंदा पनि किन् सरकार छाड्दैनन् माओवादी मन्त्री :तलब भत्ताकै लागी सरकारमा बसेको भन्दै आलोचना

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मै जिम्मेवारीविहीन बनाए पनि माओवादी केन्द्रका मन्त्रीहरूले अहिलेसम्म राजीनामा दिएका छैनन् । कुनै काम र जिम्मेवारी नहुँदा पनि तलब–सुविधाकै लोभले राजीनामा नदिएको भन्दै उनीहरूको आलोचना हुन थालेको छ ।     माओवादी केन्द्रबाट सरकारमा सहभागी १६ (नौ मन्त्री र सात राज्यमन्त्री) मन्त्री साढे दुई महिनादेखि बिनाविभागीय छन् । सिंहदरबारमा…