धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय धनगढी, तारानागरका सहायक वन अधिकृत भरत साहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ। आयोग महेन्द्रनगरका अनुसन्धान अधिकृत विनोद श्रेष्ठ नेतृत्वको टोलीले साहलाई बुधबार घुस लिँदै गर्दा पक्राउ गरेको हो। सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएका साहले काठ चोरी निकासीको मुद्दा मिलाईदिने भन्दै घुस…