प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त, आतंकवादलाई पूरै परास्त गर्न जरुरी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको कडा निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका हुन् । न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रबार बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा ४९ जनाको ज्यान गएको थियो।…