काठमाडौं – नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने भएका छन् । सुशासनका लागि सरकारलाई घच्घच्याउन र जनतालाई शशक्तिकरण गर्ने उदेश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ स्थापना गर्न लागेका हुन् । उनले उक्त अभियानको बिहिबार त्रिपुरेश्वरमा एक कार्यक्रमको आयोजना गरि औपचारिक घोषणा गरिने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्…