कोरोना भाइरस संक्रमित बिरामी टेकु अस्पतालबाट फरार

काठमाडौं – कोरोना भाइरस संक्रमित बिरामी टेकु अस्पतालबाट फरार भएका छन् । भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका साउदी अरबका एक नागरिक फरार भएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर कोरोना भाइरसको आशंका गरिएका साउदी नागरिक टेकु अस्पतालको एसोलेसन वाडबाट फरार भएको बताए ।…