महोत्तरी – एमाले महोत्तरीका जिल्ला अध्यक्ष जामुन मण्डलको मृत्यु भएको छ । लामो समयदेखि कलेजोको संक्रमणले ग्रसित ४५ वर्षीय मण्डलको मंगलवार सांझ भारतमा निधन भएको हो । युवा संघकी केन्द्रीय सचिव मञ्जु यादवकाअनुसार उनलाई २ सातादेखि उपचारका लागि पटनास्थित इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको थियो । महोत्तरीको एकडारा गाउपालिकाको भटौलियाका सथानीय वासिन्दा मण्डल…