सर्वसाधारणको नाममा ‘वालेट आईडी’ बनाएर ठगी गर्ने समूह पक्राउ

जनकपुरधाम – धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समूहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समूहका ६ जना पक्राउ गरेकोबारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमई) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम–९ घर भई हाल…