फ्रान्सका विदेश सचिव गुर्दो नेपाल आउँदै

काठमाडौ‌ - नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपाल आउने भएका छन्। दुई दिवसीय भ्रमणमा उनी पुस २५ गते काठमाडौं आउने छन्। परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा गुर्दो नेपाल आउन लागेका हुन्। गुर्दो नेपाल आएकै दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको…