काठमाडौं–सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ। गत शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको खुद्रा मूल्य निर्धारण गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। बास्कोटाका अनुसार उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम…