माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्दै, ऊर्जामन्त्री पुनले देखाए गम्भीर चासाे

काठमाडाैं–राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ । आयोजनाको…