काठमाडाैं - सरकारले संघीय निजामती ऐन निर्माणमा आफूसँग परामर्श नगरेपछि लोकसेवा आयोग असन्तुष्ट बनेको छ। संघीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलमा छ। लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संविधानअनुसार सरकारले आयोगसँग अनिवार्य परामर्श लिनु पर्ने भए पनि नलिएको जानकारी दिए। मस्यौदा विधेयक समितिमा छलफलमा रहेका बेला एकाएक अध्यादेशमार्फत ऐन ल्याउने गृहकार्य सरकारले अघि…