काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल सुरु भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको विषय प्रवेश गराएका छन् । एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका र थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे…