रसुवा बाढी : केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल ल्याइने

काठमाण्डु– चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई अब तातोपानी नाकाबाट स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। असार २४ गतेको भीषण बाढीले रसुवाको मितेरी पुल भत्काएपछि उनीहरू चीनतर्फ अलपत्र परेका थिए। रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीनबीचको मुख्य व्यापारिक मार्ग मितेरी पुललाई बगाएपछि केरुङ नाका पूर्णरूपमा बन्द भएको हो। त्यही दिन बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशी…