सेनाकी मेजर सुलोचना, जो बन्न सक्छिन् नेपाली सेनाको पहिलो महिला प्रधानसेनापति

काठमाडौं-नेपाली सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’मा महिला पुग्न सक्ने बाटो मेजर सुलोचना पौडेलले खुलाएकी छन् । उनले सेनाको प्रशासनिक निकायको उपल्लो तहमा पुग्न सक्ने स्टाफ कलेजमा सफलता हात पारेकी छन् । नेपाली सेनामा अहिलेसम्म महिलाले नेतृत्व हात पारेका छैनन् । महिला सैनिकको भर्ती नै २०६१ सालदेखि लिन थालेको सेनामा भविष्यमा सुलोचनाले नेतृत्व लिनसक्ने सम्भावना बढेको छ…