तस्बिरमा हेर्नुस् विमानस्थलको भीड

काठमाण्डु - दशैंको मुखमा मुख्य सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रामा चाप बढेको छ। देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि त्रिभुवन विमानस्थलमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।