काठमाडौँ - नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले सोमबार मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मुलुकको…