प्रशासनमन्त्री गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गर्दै संदनबाट बाहिरिए सांसदहरु

काठमाण्डु— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताए । उनले भने बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग…