काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धका लागि कोशेढुङ्गा भएको बताएका छन्। जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओसँगको भेटवार्ताका क्रममा दुई देशको सम्बन्धबारे चर्चा गरेका हुन्। उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्त्वपूर्ण…