काठमाडौं–कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १४ वर्षपछि काठमाडौंबाट पक्राउ गरेको छ। १४ वर्ष अघि काठमामाडौंमा रोशनकुमार आलेमगरको हत्याका अभियुक्त रही फरार रहेका बौद्धका दिपेन्द्र उर्फ दिपेन श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो। रोशनको २०६० फागुन २३ गते हत्या भएको थियो। प्रहरीका अनुसार दिपेनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। …