काठमाण्डु- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीहरूको शेयर अभौतिकीकरण प्रक्रिया अन्तर्गत दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजिन) राख्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले प्रवर्द्धक र सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै आइजिन नम्बर कायम गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा लगेको विषयमा इप्पानले अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र…