राजनीतिक दल गणतन्त्रको मेरुदण्ड हुन् : सभामुख घिमिरे

काठमाण्डु – सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् । उनले भने, ‘विश्वका विभिन्न राजनीतिक…