काठमाण्डु- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा…