काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री बालाराम बलबहादुर घर्ती मगरको निधन भएको छ । ८७ वर्षीय मगरको शुक्रबार बिहान ललितपुरको ग्वार्खोमा रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । रोल्पामा जन्मिएका मगर विभिन्न चरणमा गरेर ११ पटक मन्त्री भएका थिए । आफ्नो कार्यकालमा स्वच्छ…