सिरहाको लहान बजार दुर्गन्धित, नगरपालिका मौन

महेश सिंह महतो सिरहा – सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा ठाउँ– ठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् । फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिसहरु नाक थुम्न बाध्यभइरहेका छन् । दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । त्यसपछि कर्मचारीहरुले बजारमा झाडु लगाउने तर फोहोर नउठाउने निर्णय गरेका थिए…