नयाँदिल्ली– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । नेपाली भ्रमण दलका सदस्यहरुसँगै समाधिस्थलमा पुगेका ओलीले त्यहाँ राखिएको उपस्थिति पुस्तिकामा गान्धीलाई ‘बापु जी’ को…