बेँसीसहर-चामे सडकमा आजदेखि राति गाडी चलाउन रोक

काठमाण्डु- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा बुधबार रातदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै बुधबार रातदेखि साउन महिनाभर बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार यो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन…