काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिए । भोटेकोशी नदीले पुर्याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत उनको निर्देशन छ…