काठमाडौं- नेपाली मुलका ह्यारी भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ लिएका छन्। अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन्। अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उनी विजयी भएका थिए। राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह भण्डारीले पदको सपथ लिएका हुन्। उनले आफ्नो विजयलाई ‘कर्मभूमी…