एमाले अध्यक्षका लागि ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाण्डु– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। काठमाण्डुको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिलमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। यस्तै ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताए। पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित…