बर्दिवास - कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वर्तमान सङ्घीय सरकार कृषि क्षेत्रका सम्भावना बढाउँदै जनता प्रत्यक्ष लाभान्वित हुने योजनामा केन्द्रित रहेको बताएका छन् । आइतबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ कृष्णपुरमा होलसेल कृषि बजार तथा कृषि प्रवद्र्धन केन्द्र स्थापनाको सम्भाव्यताबारे स्थलगत निरीक्षण गरेका मन्त्री खनालले सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ योजनाबद्धरूपमा लागेको बताएका हुन्।…