काठमाडौं - सरकारले पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले महेन्द्रनगर विकास समिति विघटन लगायत विभिन्न १४ वटा निर्णय गरेको सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका हुन् । त्यस्तै नेपाली सेनाका सात जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदोन्नती गर्ने तथा १३ जना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ…