कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् ।सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै रु एक लाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन् । उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात रु १५ हजार ६४६ रकम कोषमा जम्मा गरेका…