काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाट असन्तुष्ट विभिन्न पक्षसँग भेटवार्ता बढाएका बेला सभापति शेरबहादुर देउवाले प्रवक्ता प्रकाशशरण महतलाई दूत बनाएर खुमलटार पठाएका छन् । यसबीच प्रवक्ता महतले पटक–पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका उच्च स्रोतले जनाएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सन्तुष्ट छैन ।…